नियम १७
कार्यालयको स्थापना
नेपाल सरकारले बजार तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाई उपभोक्ताको हक हित संरक्षण गर्नको लागि आवश्यकता अनुसार जिल्लाको सदरमुकाममा कार्यालयको स्थापना गर्नेछ । यसरी स्थापना हुने कार्यालयको संगठनात्मक स्वरूप, कार्यक्षेत्र र काम, कर्तव्य तथा अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
उपभोक्ता संरक्षण नियमावली, २०५६